लुम्बिनीकोशीहेडलाईनमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीसूचना प्रविधि

चक्रवात ‘अर्णव’को प्रभावले देशभर वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

प्रहार समाचार । काठमाडौँ, १३ कात्तिक २०८३ शुक्रबार । चक्रवात ‘अर्णव’ र पश्चिमी वायुको संयुक्त प्रभावले देशभरको मौसम प्रभावित बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ । मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

सम्भावित वर्षाले धानबाली भित्र्याउने कार्यमा असर पार्नुका साथै पहिरो, सडक अवरोध र हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिम बढाएको छ । महाशाखाले आज र भोलि कृषि कार्य नगर्न, जोखिमयुक्त स्थान र सडक छेउमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सम्भावित विपद्बाट जोगिन पूर्वतयारी गर्न सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ । मौसमको प्रतिकूलतालाई बेवास्ता नगर्न र अनावश्यक यात्रा नगर्नसमेत सचेत गराइएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button