हेडलाईनसमाचारगण्डकी

चाडपर्वको मुखमा लमजुङमा बजार अनुगमन, १० व्यवसायको निरीक्षण

• विजय अधिकारी (संवाददाता) लमजुङ, १३ कात्तिक २०८३ शुक्रबार । चाडपर्वलाई लक्षित गर्दै हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र जम्माखोरी नियन्त्रण गर्ने उद्देश्यसहित लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीमा बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्वमा शुक्रबार गरिएको अनुगमनका क्रममा १० व्यवसायको निरीक्षण गरिएको हो। अनुगमन गरिएका व्यवसायमध्ये नौवटा किराना स्टोर्स तथा फलफूल पसल र एउटा होटल तथा खाजाघर रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा एकीकृत सेवा कार्यालय, सुन्दरबजार नगरपालिका, उपभोक्ता हित संरक्षणसम्बन्धी निकाय, नेपाल पत्रकार महासंघ र इलाका प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोली सहभागी थियो।

जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीका अनुसार चाडपर्वका बेला उपभोक्ता ठगिने, कृत्रिम अभाव सिर्जना गर्ने र अनुचित मूल्य असुल्ने गतिविधिलाई प्राथमिकतामा राखेर अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता हित संरक्षण र खाद्य सुरक्षासम्बन्धी सुझावसमेत दिइएको उनले बताए। तर बजार अनुगमन केवल चाडपर्वको औपचारिकतामा सीमित नभई नियमित र परिणाममुखी बन्नुपर्ने आवश्यकता छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button