हेडलाईनसमाचारबागमती

प्रहरी संगठनमा सरकारको निर्मम हस्तक्षेप : आईजीपी कार्की पदमुक्त, एआईजी केसीलाई नयाँ जिम्मेवारी

प्रहार समाचार । काठमाडौँ, १८ कात्तिक २०८३ बुधबार । प्रहरी संगठनको नेतृत्वमाथि सरकारले अप्रत्याशित हस्तक्षेप गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । आज आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो ।

कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको समाचार श्रोतले जनाएको छ । गत कात्तिक २७ गते मात्रै प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका कार्कीलाई छोटो समयमै हटाइनुले प्रहरी संगठनभित्र मात्र होइन, सुरक्षा निकायको नेतृत्व चयनमा सरकारको हस्तक्षेप र निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएको छ । यसअघि कात्तिक १३ गते नै सरकारले प्रहरी प्रमुख हटाउन खोजेको चर्चा सार्वजनिक भएको थियो । त्यसपछि कार्कीले डीआईजीभन्दा माथिल्लो तहका अधिकारी तथा काठमाडौंमा कार्यरत एसएसपीहरूलाई सहभागी गराएर आकस्मिक बैठक बोलाएका थिए । नेतृत्व हटाउने चर्चाकै बीच बोलाइएको उक्त बैठकलाई प्रहरी संगठनभित्र असामान्य घटनाका रूपमा हेरिएको थियो ।

बैठकपछि प्रहरीले विज्ञप्ति जारी गर्दै सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही गर्ने चेतावनी दिएको थियो । प्रहरी नेतृत्वको उक्त कडा अभिव्यक्तिपछि सरकार र प्रहरी संगठनबीचको सम्बन्ध थप चर्चामा आएको थियो । अहिले कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णयले प्रहरी नेतृत्वको स्थायित्व, संगठनको व्यावसायिक स्वतन्त्रता र सुरक्षा निकायमा राजनीतिक हस्तक्षेपको बहसलाई पुनः सतहमा ल्याएको छ । क



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button