प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८३ सोमबार । मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाबीच परियोजना सम्झौता भएको छ।

आज पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दमौलीस्थित व्यास नगरपालिकाबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव छविलाल रिजाल र व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले हस्ताक्षर गरेका छन्। स्थानीय तहमा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने उद्देश्यसहित यो सम्झौता भएको हो । तर, सम्झौतामा हस्ताक्षर हुँदैमा विकास र परिवर्तन हुने होइन। सरकारी कागजमा सीमित रहने योजना र कार्यक्रमले नागरिकको जीवनमा कुनै अर्थपूर्ण परिवर्तन ल्याउन सक्दैनन्। त्यसैले सम्झौताको वास्तविक मूल्य हस्ताक्षरमा होइन, त्यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ।
व्यास नगरपालिकाले अब सम्झौतालाई औपचारिकतामा सीमित नगरी स्पष्ट कार्ययोजना, समयसीमा, पारदर्शिता र परिणाममुखी कार्यान्वयनमा ध्यान दिनुपर्छ। प्रदेश सरकारसँगको साझेदारीलाई उपलब्धि देखाउने अवसरका रूपमा मात्र नभई नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने विकासको आधार बनाउन आवश्यक छ। अन्यथा नवप्रवर्द्धनका नाममा सम्झौता गर्ने तर नतिजा देखाउन नसक्ने पुरानै प्रवृत्तिको पुनरावृत्ति हुनेछ। अ

















