हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

साउदी अरेबियाको हज यात्रा : गृह मन्त्रालयको यस्तो नयाँ चेतावनी

प्रहार समाचार । साउदी अरेबिया, बैशाख २७ । यस वर्षको हज यात्रा आगामी जुन २ तारिकबाट शुरू हुने भएको छ। जस्का लागि साउदी अरेबियाको गृह मन्त्रालयले कडा नियम ल्याउने भएको छ।


साउदी अरेबियाको आन्तरिक मन्त्रालयले हज यात्रालाई लिएर नयाँ चेतावनी जारी गरेको छ । गृह मन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ । यो जरिवाना  २ लाख २३ हजार रुपैयाँ हुनसक्ने बीबीसीले जनाएको छ ।

गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ।

गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ । यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button