प्रहार समाचार । काठमाडौँ, बैशाख २८ ।नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । शुक्रबार दिउँसो कोशी र बागमतीलगायत देशको पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । काठमाडौंमा पनि रातिदेखि न पानी परिरहेको छ ।
आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको निर्यामित बुलेटिनमा उल्लेख छ ।

























