प्रहार समाचार । काठमाडौँ, बैशाख २८ । जननायक बी पी कोईराला मेमोरियल ट्रष्का बरिष्ट सदस्य नेपाली कांग्रेसका क्रान्तिकारी नेता पूर्व मंन्त्री सूर्यमान गुरुडको निधन भएको छ।

सूर्योदयको प्रदेशबाट उदाएका सूर्यमान गुरुड लोकतान्त्रिक आन्दोलन एबं संघर्षका एक अथक योद्धा थिए।
बी पी पूत्र एबं जननायक बी पी कोईराला मेमोरियल ट्रष्टका अद्ध्यक्ष हर्ष कोईराला ,ट्रष्टकी सदस्य एबं संविधान सभा सदस्य कीरण यादव, कार्यकारि निर्देशक राजेन्द्र पराजुली , बिदुर तिवारी , अन्य सदस्यहरुले ट्रष्टका तर्फबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
अस्ट्रेलिया बाट ट्रष्टका ऊपाध्यक्ष बलदेब मजगैयाले समेत श्राद्धाञ्जली सन्देस पठाउँदै गुरुङको निधनले लोकतान्त्रिक आन्दोलनका अथक योद्धाको अभाव खड्किएकी बताए । गुरुङको बिहिबार पशुपति आर्यघाटमा अन्तेष्ठि गरिएको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।





















