विषय प्रवेश :
यस विश्वमा प्राकृत ,हिन्दु, मुस्लिम , वौद्ध ,इसाई लगायत धेरै किसिमका धर्म प्रचलनमा रहेका छन । प्रत्येक धर्मको मूल आशय आत्मशुद्धि वा आत्मज्ञान प्राप्त गर्नु नै हो । अलौकिक परमात्मालाई प्राप्त गर्ने नीव र नियम प्रत्येक धर्ममा आफ्नै आफ्नै पन पाईन्छ । धर्मशास्त्रद्वारा निर्देशित मार्गबाटै मानवले यस लोक र परलोकको कल्याणका साथै शान्तिको कामना गर्दछ । धर्मको मूल तात्पर्य मानव कल्याण हो । ज्ञानको संचय र व्यवहारको उपजनै संस्कृतिको मुहान हो । शिवत्व र मरुत्वको सम्वन्ध सम्झने खसजाति भूमि, जल, वायु, अग्नि र आकाश नेै आफ्नो आराधानाको सर्वस्व र वर्चस्व मान्ने खसत्व भित्र समन्वयात्मकताको अपार संयोग पाइन्छ । मानिसको शरिर यीनै पांच तत्व १,वायु (सूर्य) २,पृथ्वी (गणेश) ३, आकाश(नारायण) ४, जल(शिव) र ५, अग्नि– (देवी )पाञ्चायान देवताको रुपमा आराधना गर्ने र खस जातिले आफ्ना पूर्वजहरुको प्राणवायु यसै वायुमण्डलमा विचरण गरेको महसुस गरी पितृहरुलाई देवताको रुपमा स्वीकारी पूजा गर्ने परम्पराको विकास भएको हो ।

प्राकृत धर्म :–
प्राकृतधर्म आध्यात्मिक तत्वमा आधारित हुनुका साथै यो विज्ञान सम्मत पनि छ भन्दा अत्युक्ति नहोला । सनातन देखि बर्तमान सम्म यस धर्मलाई यहांँसम्म ल्याइ पु¥याउन र जीवन्त राख्ने धामी र डाङ्ग्रीहरुनै हुन । परम्परागत रुपमा पुजित हुंदै आएका मष्ट देवतालाई धामीका कायाकैरनका आधारमा पुूजा गरिंदै आएकोले पूजाआजा गर्ने लिखित विधिविधान नपाइएको हो । यीनै धामी डाङ्ग्रीहरुले यस धर्मलाई फुलाउने र फलाउने गरेका हुन् भन्न सञ्कोच मान्न पर्दैन । प्राकृत धर्म खस समाजमा परम्परा देखि चल्दै आएको हो । खसहरुले मान्ने गरेको प्राकृत धर्म सबैभन्दा प्राचिन धर्म हो भन्न सकिन्छ ।
प्रकृति र पार्वती
प्र भनेको“ प्रकाश स्वरुप ब्रह्म ” र कृति भनेको “कार्य” हो । प्रकृति भन्नाले ब्रह्माको सृष्टि कार्यलाई जनाउंछ । सृष्टि कार्यको प्रस्फुटन अवस्थामा हुने कम्पन ९ खष्दचबतष्यल० द्वारा उत्पन्न भएको अर्थात उद्धघोष भएको ध्वनि नै ॐ हो । जहांँ कार्य हुन्छ , त्यहाँं कम्पन हुन्छ । जहांँ कम्पन हुन्छ, त्यहां ध्वनि पनि सृजित हुुन जान्छ । यसैले शिवको योग गर्ने शक्ति नै प्रकृतिको अनुशरण हो । अर्थात शिव र पार्वतीको सहगमन वाट सृष्टिको अनुभूति भएको हो । संसारका सबै अभिव्यक्तिहरुमा प्रकृति नै मूल कारण र परब्रह्मको माया शक्ति हो । खस जातिमा प्रकृतिको प्रति मूर्तिमान शक्ति स्वरुपाको रुपमा दुर्गाको वनस्खण्डी वनदेवीको पूजाआजा गरिएको हो । प्रकृति अथवा मायालाई नै देवीको सारतत्व मानिन्छ । यस जगतको गर्भाशय भित्र माया र प्रकृति विद्यामान रहेको छ जुन प्रलयकालमा गुप्त एवं लुप्त हुन्छ भने सृष्टिकालको समयमा सकृय रहन्छ । यसैले दुर्गा भवानी ( पार्वती ) लाई अष्टमातृका भन्ने चलन रहेको हो । यसरी हामीले शिवलाइ पुरुष शक्ति र प्रकृति तथा पार्वतीलाइ मातृशक्ति मानि आएका हौं । वास्तवमा प्रकृति र पार्वती भन्नु एक सिक्काको दुइ पाटा हुन । प्रकृति ॐ कारको पहिलो मात्रा अकार नै विश्वरुप हो जुन सक्रिय भएर सदाविश्वरुपमै प्रकट हुन्छ । त्यसैले अ मात्रालाई सृष्टिकर्ता ब्रह्माको स्वरुप मानिन्छ । ब्रह्मारुप प्रकट भएको अमात्राबाट नै हुन्छ भने ब्रह्मा, प्रकृति र अकार तीन वटै एकै हुन । ॐकारको दोश्रो मात्रा उकार स्वप्न अवस्थारुप हो । माया मोह विषयमा ज्ञात भए पछि मानव संसारिक विषय वासानाबाट तिक्त भई आत्मज्ञानको खोजी तर्फ लाग्दछ जस्बाट उस्ले परमात्मा परेमश्वरमा लीन हुन पुग्दछ । ॐकारको तेश्रो मात्रा मकार शुषुप्ति रुप र प्राज्ञ हो जस्बाट विषय वासना परित्यक्त भै इश्वर प्राप्तिको अभिलाषा मात्र शेष रहेको हुन्छ । यसरी ॐ कारको तीनै मात्राको सम्बन्ध प्रकृति, जीव र इश्वर तीनै संँग रहेको हुँदा भक्तजन यी सम्पूर्णको अनुभव गर्दै अन्तमा परब्रह्ममा नै लीन हुन्छन् । अतः विश्वको परमाणु जुन धुरीमा घुमिरहेको छ ती सम्पुूर्णका केन्द्रीभुत सार भनेको ॐकार मात्र हो । जुन परम शिव तत्वको स्वरुप हो । कुलायन र महादेवतालाई प्रत्येक दिन ॐ ऐं सौं ह्रिं. …….( शिःसाकोटी ) महादेवाय कुलदेवताय ह्रिं ॐ स्वाहा मन्त्रजप गरेमा इच्छित वरदान प्राप्त हुने विश्वास गरिन्छ ।
























