प्रहार समाचार । पोखरा, कार्तिक २२ बुधबार ।
पर्यटकीय नगरी पोखराको लेकसाईड क्षेत्र अब चौबिसै घन्टा खुला हुने भएको छ ।
व्यापार व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्च अदालतले बुधबार उक्त आदेश गरेको हो।
यससंगै अब लेकसाईड क्षेत्रका पसलहरू २४ सै घण्टा खुल्ने भएका छन् ।
लेकसाईड क्षेत्र २४ सै घण्टा खुल्ने भएपछि पर्यटन व्यवसायीहरु हर्षित बन्न पुगेका छन् । यो निर्णयसंगै स्वदेशी तथा विदेशी पर्यटकहरुको उत्कृष्ट गन्तव्यको रुपमा परिचित पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रको व्यापार व्यावसायमा उल्लेख्य बृद्धिहुने आशा व्यावसायीहरुले गरेका छन् ।














