हेडलाईनसमाचारबागमतीप्रदेश

एभरेष्ट बैंकद्वारा २५ लाख रूपैयाँ दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा

प्रहार समाचार । काठमाडौं , कार्तिक २२ बुधबार ।
एभरेष्ट बैङ्‌कले भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ।

उक्त रकमबाट भुकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा अन्य परोपकारी काम गर्दै आएको छ ।

एभरेष्ट बैंकका१२७ शाखा ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button