हेडलाईनसमाचारबागमती

रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध भोलिबाट सुनुवाइ हुने

प्रहार समाचार । काठमाडौं, कार्तिक२२ बुधबार ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा  कैद सजाय माफी गरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि भोलिबाट सुनुवाइ हुने भएको छ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठमा जेलमुक्त भएका थिए।

टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button