प्रहार समाचार । काठमाडौं, कार्तिक २२ बुधबार ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट बाट फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन्।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्यहाँको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराउँदै १४ वटा सुझावहरु दिएका छन् ।
गत शुक्रबार १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्यमा सरकारले देखाएको तदारुकताका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई लामिछानेले धन्यवाद दिएका छन्।
त्यस दिन लामिछाने पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेका थिए । भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट आफू सिधै जाजरकोट पुगी भूकम्प प्रभावित क्षेत्रको अवस्था र वस्तुस्थिति बुझेको उल्लेख गरेका छन् । त्यहाँ पुगेर सभापति लामिछानेले गरिनु पर्ने कार्यको सूची तयार पारि प्रधानमन्त्री समक्ष बुझाएका हुन् ।
सुझावमा लामिछानेले पठाइने त्रिपालको गुणस्तर परीक्षण गरी मात्रै पठाउन, राहत सामग्रीको आवश्यकता कुन कुन वस्तुको कति मात्रामा हो भन्ने स्पष्ट हुन, लगायतका सुझावहरू दिएका छन् । उनले भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको दुई दिनमै आफ्नो जोहो आफैं गर्न संघर्षरत रहेको पाएको, यसले जनतालाई राज्यप्रति निराश बनाएको, सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चाल्नुहोस्,’ उनले भनेका छन्।
सभापति लामिछानेले भनेका छन्- ‘दुई दिन म स्वयमले पनि रेडियो ‘हाम्रो पाइला’ मा विशेष कार्यक्रम चलाएको थिएँ। प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न मलाई रेडियोले निक्कै मद्दत गरेको थियो। अनेकौं समस्याले गर्दा रेडियोको प्रभावकारिता बढाउन सकिएको छैन, यो दुःखद विषय हो। विपद्मा रेडियो अत्यन्त प्रभावकारी हुन्छ,’ ।

























thank you everyone for your support