हेडलाईनसमाचारगण्डकीबागमती

तनहुँकी ढकाल नेपाली कांग्रेसको प्रतिष्ठान सदस्यमा नियुक्त

प्रहार समाचार । तनहुँ, २२ वैशाख २०८३ मंगलबार । नेपाली कांग्रेसभित्र नीति निर्माण, अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा युवापुस्ताको सहभागिता बढाउने संकेत देखिएको छ। यसै क्रममा तनहुँकी युवा नेतृ एलिजा ढकाललाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको छ।

पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले उनलाई उक्त जिम्मेवारी दिएका हुन्। नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) अनुसार गरिएको यो नियुक्तिले पार्टीभित्र युवाको भूमिका विस्तार हुँदै गएको सन्देश दिएको छ।

ढकालको नियुक्तिलाई संगठनभित्र नयाँ पुस्ताको सोच, अनुसन्धानमूलक दृष्टिकोण र प्रशिक्षण क्षमताको उपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ। तनहुँबाट केन्द्रीय तहमा पुगेकी ढकालको यो जिम्मेवारीले स्थानीय तहका युवा नेताहरूका लागि पनि अवसरको ढोका खोल्ने विश्वास गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button