अहिले देशको राजनीति गतिविधि अत्यन्तै निराशाजनक छ । देश को अर्थतन्त्रपनि धरासायि बन्दै गएको जगजायरै छ । यो देखेर तमाम युवा बिदेशीने क्रम बढ्दो छ । धेरै आशा बोकेर हामीले जिताएर पठाएका जनप्रतिनिधिले पनि जनताको मन जितेर काम गर्ने सकेका छैनन् । परेको बजेट पनि पैसा निकास नभएर क्रमागत रुपमा काम हुन सकेको छैन् ।
यात्रामा धुलो, हिलो, धुँवा, फोहोरले सिमा नाघिसकेको छ । जनताले भोग्नुपरेको दु:ख कति कति । हरेक योजनामा आफ्नो भाइ बन्धु सालो चेला चेली भ्रष्टाचार सेटिङ मिलाईदिने आफ्नै हुन्छन् । गाउँ नगर को बिकाश होस् नहोस बस म र मेरा आफन्त बने भैगौ ।
यो त मात्र यस्तो ठाउँ हो राजनीति गरेर पद बाँड्ने कमाउने रमाउने । जनता निराश छन । अब राजनीतिमा आमुल परिवर्तन आउन जरुरी भैसकेको छ । पार्टीको नाम ले देश लुटेर खानेहरुको अन्तय हुनपर्छ ।अब देशको नेतृत्व युवाको काँधमा हुनु पर्छ भनेर चोक, चौपारि, चियापसल र भट्टिमा सुकिला लुगा लगाएर महङ्गो कफि खांदैमा राजनीतिमा निखार आउछ र ? अब हुने २०८४ सालको निर्वाचनमा नेतृत्वमा आउन यस्तो नेताको खाँचो छ कि गाउँ गाउँमा बिधालयमा बिधार्थीको पहुँच किन घट्यो ? बिधालयहरु दिन् दिन् किन बन्द हुदै छन ? महिनौदेखि गाउँमा ढलेका बिजुलीको पोल किन उठेनन् ? खाने पानी एक घर एक धारा छ कि छैन ? जनताले गाउँमा उत्पादन गरेकोे तरकारी फलफूल वेचबिखन गर्ने बाटोको सुबिधा छ कि छैन ?स्थानीय सरकारले दिएको अनुदान सक्कली किसानले पाए पाएनन् ? यि र यस्ता यावत बिषयमा आवाज उठाईदिने अबको मिसन २०८४ को जनताको प्रिय पात्र बन्न सक्छन् । बेलैमा चेतना भया ! ( तिवारी नेका जिल्ला सदस्य एवं महिला नेत्री हुन्)
155 1 minute read














