विचारगण्डकी

देशको निरासाजनक राजनीति र मिसन ८४

अहिले देशको राजनीति  गतिविधि  अत्यन्तै निराशाजनक छ । देश को अर्थतन्त्रपनि  धरासायि बन्दै गएको जगजायरै छ । यो  देखेर तमाम युवा  बिदेशीने क्रम बढ्दो छ । धेरै  आशा बोकेर हामीले जिताएर पठाएका जनप्रतिनिधिले पनि जनताको मन जितेर  काम गर्ने  सकेका छैनन् । परेको बजेट पनि पैसा निकास नभएर क्रमागत रुपमा काम हुन सकेको छैन् ।
यात्रामा धुलो, हिलो, धुँवा, फोहोरले सिमा नाघिसकेको छ । जनताले भोग्नुपरेको  दु:ख कति कति । हरेक योजनामा आफ्नो भाइ बन्धु सालो चेला चेली भ्रष्टाचार सेटिङ मिलाईदिने आफ्नै  हुन्छन् । गाउँ नगर को बिकाश होस् नहोस बस म र मेरा  आफन्त बने भैगौ ।
यो त मात्र  यस्तो ठाउँ हो राजनीति गरेर पद बाँड्ने कमाउने  रमाउने । जनता निराश छन । अब राजनीतिमा आमुल परिवर्तन आउन जरुरी भैसकेको छ । पार्टीको नाम ले देश लुटेर खानेहरुको अन्तय हुनपर्छ ।अब देशको नेतृत्व  युवाको काँधमा हुनु पर्छ भनेर  चोक, चौपारि, चियापसल र भट्टिमा  सुकिला लुगा लगाएर महङ्गो  कफि खांदैमा राजनीतिमा निखार आउछ र ? अब हुने २०८४ सालको निर्वाचनमा नेतृत्वमा आउन यस्तो नेताको खाँचो छ कि गाउँ गाउँमा  बिधालयमा बिधार्थीको पहुँच किन घट्यो ? बिधालयहरु  दिन् दिन् किन बन्द हुदै छन ? महिनौदेखि गाउँमा  ढलेका बिजुलीको पोल किन उठेनन् ? खाने पानी एक घर एक धारा छ  कि छैन ? जनताले गाउँमा उत्पादन गरेकोे  तरकारी फलफूल वेचबिखन गर्ने बाटोको सुबिधा छ कि छैन ?स्थानीय सरकारले दिएको  अनुदान  सक्कली किसानले  पाए पाएनन् ? यि र यस्ता यावत बिषयमा आवाज उठाईदिने अबको मिसन २०८४ को जनताको प्रिय पात्र बन्न सक्छन्  ।  बेलैमा  चेतना भया ! ( तिवारी नेका जिल्ला सदस्य एवं महिला नेत्री हुन्)


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button