हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

इजिप्टको बेहेरा प्रान्तमा सवारी दुर्घटना : कम्तीमा ३५ जनाको मृत्यु , ५३ ज घाइते

प्रहार समाचार | इजिप्ट , कार्तिक११ शनिबार ।

इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको भने 
अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ ।​

बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ ।​


मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ । उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ ।
तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौंको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् । विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ । तर यस्को प्रभाव भने देखिएको छैन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button