हेडलाईनसमाचारगण्डकी

गोठमा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तश्रावले मृत्यु

प्रहार समाचार | बागलुङ, कार्तिक ११ शनिबार।
गोठमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावले मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका-३ बोहोरागाउँ छापाखानीकी ३२ वर्षीया रीता रोका छिन्

गत मंगलबार राती ९ बजे गोठमा सुत्केरी भएर छोरीलाई जन्म दिएकी रोकाको रक्तश्राव रोकिएन । परिवारका सदस्यले छिमेकीलाई खबर गरे । रक्तश्राव रोक्न कुनै उपाय नलागेपछि एक घण्टा परकी महिला स्वास्थ्य स्वयंसेविकालाई बोलाइयो । उनले तत्काल स्वास्थ्य संस्थामा लैजान पहल गरेकी थिइन् । रातको साढे २ बजे बोहोरागाउँ स्वास्थ्य चौकी पुर्‍याउँदा रोकाको स्वास्थ्य जटिल भइसकेको थियो ।


स्वास्थ्य चौकी इन्चार्ज कसिन्द्र शाहीले रक्तचाप र पल्स समेत नदेखेपछि आफैंले बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । बिहान साढे ४ बजे केन्द्र पुग्दा रोकाको मृत्यु भइसकेको थियो ।

यसअघि ७ पटकसम्म स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गराएकी रोकालाई स्वास्थ्यकर्मीले साता दिनअघि नै सुविधासम्पन्न अस्पतालमा जान भनेका थिए । अस्पताल नगएकै कारण उनको मृत्यु भएको बताईएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button