जिल्ला नहालेका
पुस्तकका पानाहरुमा
उही अक्षर ,उही बान्की
जिल्लासहितका पुस्तकहरुमा
हेर्छ ऊ !

फर्काइ फर्काई
जिल्ला र जिल्लाविहीन कभरपेज
जहाँ कथा भेटिनन्
फगत अकथामै अल्झिन्छ्न्
उसका दिनहरु
निर्माणाधीन कौसीहरुमा
सुकिला सपना फुलेका हाँगाहरुमा
लत्रङ्ग परेका तारहरु
कौसी बाट लत्रिए जस्तै
बाचिरहन्छ एउटा
इथर जिन्दगी !!
एक अँजुली याद बोकेर
तारे भिरमा तर्लङ झुन्डिन्छ
ओर्लिन्न
तर पनि झुन्डिरहन्छ
एक मुठी सासमा आश बोकेर
अँकुराएका पलपलमा सम्हालिन्छ
पखालिन्छ
अनि ब्युँझन्छ
चीर निन्द्राबाट
नमजासँग झस्कै झैं
पुनर्जिवित बन्दछ
इथर जिन्दगी !!
-शुक्लागण्डकी, तनहुँ ।