हेडलाईनसमाचारप्रदेश

आजको मौसम : तीन प्रदेशमा बदली रहने

प्रहार समाचार । काठमाडौँ, १९ पुस २०८१ शुक्रवार । नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जस्काकारण आज  तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लागेको छ । 

महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैगरि आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया  बदली रही मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने महाशाखाले जनाएको छ । 

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button