प्रहार समाचार । तनहुँ, १९ पुस २०८१ शुक्रवार । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव कृष्ण न्यौपानेलाई पितृशोक परेको छ । न्यौपानेका बुबा रामचन्द्र न्यौपानेको ५६ बर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक श्रोतले बताएको छ।

पौष १७ गते राती खाटबाट अकस्मात लड्दा टाउँकोमा चोट लागेर घाइते न्यौपानेलाई बुधबार पोखरामा उपचारका लागि लगेपनि चिकित्सकले टाउँकोमा रगत जमेकाले उपचार संम्भव नभएको भन्दै घर पठाएकोमा घरमै निधन भएको थियो ।
यसै विच स्व. न्यौपानेको पार्थिव शरीरलाई आज नै सेतीमादी नदी स्थित डमौलीघाटमा छोरा कृष्ण न्यौपानेले दाग बत्ति दिएका थिए भने व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, नेकपा एमालेका नेता एक बहादुर राना, नेकपा माओवादी केन्द्रका नेता अतेन्द्र केशरी न्यौपाने , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डि पि अधिकारी, प्रेस सेन्टर तनहुँका अध्यक्ष एस वि नेपाली, पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष प्रदीप काफ्ले, महासंघ गण्डकी प्रदेशका सदस्य एवं प्रहार अनलाईन पतिकाका सम्पादक शंकरराज नहर्की लगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए । स्व . न्यौपानेको आजै मादी र सेती स्थित डमौली घाटमा दाहसंस्कार गरियो ।

यसैबिच नेपाल पत्रकार महासंघ तनहुँले आज एक शोक विज्ञति जारि गर्दै न्यौपाने परिवारजनमा समवेदना व्यक्त गरेको छ।
























