प्रहार समाचार । तनहुँ, १९ पुस २० शुक्रबार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ खहरेमा सञ्चालित ७औं मिलिजुली कप २०८१ को उपाधि शुक्लागण्डकी १२ को पोल्टामा परेको छ। जित सङ्गै शुभ्लागण्डकी ११ ले नगद एक लाख सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भयो।


प्रतियोगितामा द्वितीयआयोजक टिम मिलिजुली युवा क्लब बन्दीपुर- ६ खहरे भएसङ्गै नगद ६० हजार ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा बागेश्वरी युबाक्लब, बन्दिपुर ६ तृतिय भई नगद ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। त्यसै गरि प्रतियोगितामा सान्त्वना भई बन्दिपुर -३ हल्थुम्काले नगद दश हजार मेडल र प्रमाणपत्र प्राप्त गऱ्यो ।

आज सम्पन्न समापन समारोह एवं पुरस्कार वितरण पछि बोल्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभाहरुको पहिचान भई राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । पालिकाले खेलकुँदालाई पनि प्राथमिकता दिंदै खेलकुदमा पनि लगानी गर्दै आएको बताए । वडा नं. – ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले खेलकुँद स्वास्थ्यका लागि पनि अत्यावश्यक रहेको चर्चा गर्दै वडाले खेलकुदको विकासमा देखिने गरेर काम गर्ने बताए ।

मिलिजुली यूवा क्लवद्वारा हरेक वर्ष वडा स्वरीय खुल्ला भलिवल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ।
प्रतियोगितामा ३४ टिमको सहभागीता रहेको क्लवका सचिव जित बहादुर थापाले बताए ।
यस अघि ह कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख एवं आदिवासी जनजाति महासङ्घ तनहुँका सल्लाहकार समाजसेवी ताराप्रसाद श्रेष्ठले यूवा पुस्ताहरुलाई खेलकुद प्रति आकर्षीत गराउन यस्ता प्रतियोगिताहरु महत्वपूर्ण रहने बताएका थिए ।

कार्यक्रममा मिलिजुली यूवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्ना मगरले सबैको साथ र सहयोगले क्लबले आजसम्मको यात्रा गरेको चर्चा गर्दै क्लबले निरन्तर कार्यक्रम गर्दै जाने बताए ।

कार्यक्रममा नेपाल मगर लेखक संघ का केन्द्रीय सदस्य गिता मंखली मगर , देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम राना , रास्वपा व्यास नगर अध्यक्ष चूडामणि दाहाल, नेकपा माओवादी व्यास नगरका अध्यक्ष गोपाल सुर्खाली, व्यासजिल्ला समन्वय समिति तनहुँका अध्यक्ष खड्ग बहादुर मगरले आदिवासी जनजातिहरु आफ्नो हक र अधिकारका लागि एक जुट भएर लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा रत्नहरी अस्पतालका व्यवस्थापक लिल बहादुर मगर, नेपाल मगर संघका उपाध्यक्ष एच वि मगर, नबगाउँदेशी टोल विकास संस्थाका अध्यक्ष राम गुरुङ्ग तथा क्लबका अध्यक्ष राम बहादुर गुरुङ, सचिव केशव थापा लगायतले त्यस अबसरमा आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

यसै बिच त्यस अवसरमा तनहुँको व्यास ४, दमौलीमा रहेको रत्नहरि अस्पतालको सहयोगमा अस्पतालका डा. सञ्जय अधिकारीको नेतृत्वमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरि २ सय विरामीहरुको स्वास्थ्य परिक्षणगरि नि:शुल्क औषधि समेत बितरण गरिएको अस्पतालका व्यवस्थापक लिल बहादुर थापाले बताए ।

नेपालको राष्ट्रिय खेल भलिवलको जगेर्ना गरौं गाउँ गाउँ टोलटोलबाट खेलाडी उत्पादन गरौं भन्ने मूल नाराका साथ उक्त प्रतियोगित समापन भएको हो । कार्यक्रम क्लवका अध्यक्ष राम बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

























