हेडलाईनव्याससमाचारगण्डकी

जेसिआई व्यास नगर आफ्नै भवनमा : सांसद श्रेष्ठद्धारा नयाँ भवनमा झन्डोत्तलन

प्रहार समाचार । तनहुँ,१९ पुस २०८१ शुक्रवार । जेसिआई व्यास नगर विधिवत् रूपमा आजबाट आफ्नै भवन व्यास -४ सिमलटारमा सरेको छ। आज एक कार्यक्रमका बिच नयाँ भवनमा गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले झण्डोत्तलन गर्दै जेसिआई व्यासनगरले थुप्रै उदाहरणिय कार्यहरु गरेको र अझै धेरै कार्यहरु गर्नुपर्ने बताए ।

श्रेष्ठले जुन खालको सामुहिक भावनाले भवन निर्माण गर्न जेसिआई व्यासनगर सफल भयो त्यसैगरि जेसिसका मुलमन्त्रहरुलाई लागू गर्न तर्फ पनि कटिबद्ध भएर लागेर राजनीति र देशलाई पनि सुधार गर्न तर्फ लाग्नुपर्ने सुझाएका थिए ।

नेपाल जेसिस २०२१ का अध्यक्ष अरुणेश्वर खनालजे जेसिआई व्यासनगरले नेपालभरका जेसिहरु मध्ये उदाहरणिय कामहरु गरेको र आगमी दिनमा एरिया ‘ख’ को सम्मेलनको आयोजना गर्न लागेकोले त्यो अवसरलाई सफल पार्न  आग्रह गरे ।


कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल , शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई, जेसिआई व्यास नगरका पुर्व अध्यक्षहरु माधब न्यौपाने, शुरेस पुरी, भरतकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

भवन निर्माण समितिका संयोजक एवं जेसिआई व्यासनगरका पुर्व अध्यक्ष शुरेस पुरीले भवन निर्माण गर्नको लागि लाग्दा आईपरेका समस्या र पुर्व अध्यक्षहरुले दिएको हौशला, संस्थाका पदाधिकारीहरु तथा दाताहरुले दिएको सहयोग र जग्गा खरिद गर्दा जग्गाधनीले देखाएको सदाशयताको प्रशंसा गरेका थिए ।

कार्यक्रम सभापति जेसिआई व्यास नगरकाका २०२४ का अध्यक्ष नविन पुरीको सभापतित्वमा सम्पन्न भएको थियो । जेसिआई व्यास नगर सन् १९९४ मा तनहुँको दमौलीमा स्थापना भएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button