•विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । १८ पुस २०८१ बिहीवार । एकताका भाईरल भएका बालगायक सचिन परियारको निधन भएको छ ।
महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको आज मृत्यु भएको हो ।

चर्चित हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका सचिनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’,’बरको छाँयाले’ लगायतका चर्चित गित गायका थिए । उनले एक म्युजिक भिडियोमा अभिनेता राजेश हमालसँग समेत अभिनय गरेका थिए ।
१५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मर मुनिको भाग राम्रोसँग चल्न नसक्ने अवस्थामा पुगेको थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । ग
























