हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिका

तनहुँ महोत्सवको तयारी अन्तिम चरणमा : ९० प्रतिशत स्टल बुकिङ

प्रहार समाचार । तनहुँ,१८ पुस २०८१ बिहीवार ।  तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि माघ ७ गते सम्म हुने नवौं तनहुँ महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ ।


“तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुवोध अधिकारीले जानकारी दिए ।  कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ ।

 किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न कृषिलाई पहिलो पाथमिकता दिएको  तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए । 


किसानलाई निशुल्क स्टलको व्यवस्था गरिएको  पालिकालाई पत्रचार गरेर   निशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भईरहेको मिश्रको भनाई छ।
कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ।

कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश हुने आयोजकले जनाएको छ । महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठले बताए ।


महोत्सवमा दुई सय वटा स्टलहरु रहने र एक सय वटा ९० वटा बुकिङ भईसकेको आयोजकले जनाएको छ । तनहुँ उद्योग वाणिज्य संघसँग आबद्ध व्यवसायीको लागि स्टलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको स्टल व्यवस्थापन समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति शुकनारायण श्रेष्ठले जानकारी दिए ।  महोत्सव सफल बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको  प्रयोजन समितिको संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष ईमकुमार मल्लले जानकारी दिए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button