साहित्यप्रदेशमनोरञ्जन

कविता :  चुराहरू

कहिले सखीको पर्खाइमा आत्तिन्छन्,
कहिले सखीलाई भेटेर मात्तिन्छन्,
मेरा यि कनकने चुराहरू।
कहिले दुखेसो पोख्नलाई आत्तिन्छन्,
कहिले दुखेसो पोखेर मात्तिन्छन्,
मेरा यि गनगने चुराहरू।

कहिले मधुर आवाजमा खन्कन्छन्,
कहिले रूखो आवाजमा झन्कन्छन्,
मेरा यि खनखने चुराहरू।
कहिले प्रेमिल स्पर्शले खन्कन्छन्,
कहिले बिनासित्ति डाहाले झन्कन्छन्,
मेरा यि झनझने चुराहरू।

कहिले धड्कनको संगीतमै नाँच्छन्,
कहिले शुन्यतामा डुबेरनै बाँच्छन्,
मेरा यि फनफने चुराहरू।
कहिले भिडमा एक्लैझैँ नाँच्छन्,
कहिले एकान्तमा जोडीभै बाँच्छन्,
मेरा यि छनछने चुराहरू।
• व्यास,२ दमौली, तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button