प्रहार समाचार । काठमाडौं, २५ बैशाख २०८३ शुक्रवार । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।सरकारका प्रवक्ताको सचिवालयका अनुसार बैठक बिहान ठिक ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका नियमित प्रशासनिक कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ । साथै केही महत्वपूर्ण निर्णयहरू पनि हुन सक्ने अनुमान गरिएको छ ।
























