प्रहार समाचार । तनहुँ, १८ पुस २०८१ बिहीवार । गण्डकी र मधेश प्रदेशको उच्च शिक्षा संस्थाको खरिद तथा वित्तीय व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व विद्यालय अनुदन आयोगको आयोजनामा आयोगको कार्यालयमा आयोगले आर्थिक वर्ष २०८१/०८२ मा सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधार विकासकालागी प्रदान गरेको अनुदानको व्यावस्थित प्रयोग र शत प्रतिशत सुदुपयोगको लागी उक्त कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दैआयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले क्याम्पसको पूर्वाधार निर्माण गर्दा क्याम्पसले राज्यको कानुन बमोजीम खरिद गर्ने र अभिलेख राख्नुपर्नेमा जोड दिए । उनले निर्माणका कार्यक्रममा गर्दा क्याम्पसहरुले सामाजिक र वातावरणीय सुरक्षा निती निर्माण गर्नुपर्ने बताए ।
अध्यक्ष अधिकारीले गत ४ वर्षमा ३ लाख ७५ हजार विद्यार्थी वाहिर गरेको र देशका चुरेक्षेत्र भन्दा माथी उत्तर तिरका पहाड र हिमाली क्षेत्रका क्याम्पस खाली हुदै गइरहेको कहालीलाग्दो दृष्टान्त सुनाए । उनले हाल करिब १ करोड नेपाली विदेशमा बस्दै आएको अवस्थामा क्याम्पसमा विधार्थी भर्ना एक चुनौति पूर्ण कार्य रहेको र भर्ना वृद्धिका आकर्षक कार्यक्रम ल्याउन जरुरी रहेको बताए । ननकेड्रिट पाठयक्रम तयारगरि लागु गर्नुपर्ने र समसामयिक विषयको अध्ययन अध्यापनको व्यावस्था क्याम्पसभित्र मिलाउनुपर्ने उनले सुझाए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले, लेखा अधिकृत विष्णु प्रसाद रिजाल तथा आईसिटि एमआईयस शाखाका इ.अनमोल प्रधान लगायत गण्डकी र मधेश प्रदेश प्रदेशका २३ सामुदायीक क्याम्पसका प्रमुख लेखा अधिकृत र श्रोत व्यक्तिहरुको सहभागीता रहेको थियो ।
























