प्रहार समाचार । तनहुँ,१८ पुस २०८१ बिहीवार । सम्झौता अनुसार काम नगर्ने विभिन्न १२ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । जस अन्तर्गत काम नगर्ने तनहुँको एउटा कम्पनी पनि काली सूचीमा परेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

आज कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कम्तिमा ६ महिना देखि बढिमा ३ वर्षसम्म कालोसूचीमा परेका छन्। जस अन्तर्रगत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ मा रहेको शिलादेवी एस. बि. डि. निर्माण सेवा प्रा ली कालोसूचीमा परेको छ। यसका प्रोप्राइटर सुरेन्द्र तामाङ रहेका छन् । उक्त कम्पनी एक वर्षका लागि कालो सूचिमा परेको हो । त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । हेरौं सूचि यस प्रकार रहेको छ :

कालोसूचीमा परेका कम्पनीहरुमा एउटा विदेशी चाइनाको कम्पनी पनि रहेको छ । बाँकी काठमाडौं, गोरखा, बर्दिया, रसुवा, कपिलवस्तु, दाङ, मोरङ लगायतका जिल्लामा रहेका कम्पनीहरू रहेका छन्।
























