हेडलाईनसमाचारप्रदेश

संसदीय अभ्यास सिकाउन रास्वपाको पुनः दुई दिने प्रशिक्षण आयोजना

प्रहार समाचार । काठमाडौं, २२ वैशाख २०८३ मङ्गलबार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको संसदीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीको प्रशिक्षण विभाग प्रमुख विपिन आचार्यका अनुसार वैशाख २६ र २७ गते सांसदहरूका लागि विशेष प्रशिक्षण सञ्चालन गरिनेछ ।

यसअघि पनि सांसदहरूको शपथअघि रास्वपाले आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । यसपटकको प्रशिक्षण भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ । प्रशिक्षणमा संसदीय अभ्यास, संसद्मा प्रभावकारी भूमिका निर्वाह, विधेयक र नीति निर्माण प्रक्रियामा सहभागिता, सार्वजनिक मुद्दामा धारणा प्रस्तुति लगायत विषयमा छलफल गरिने बताइएको छ । आगामी बजेट अधिवेशन नजिकिँदै गर्दा सांसदहरूलाई अझ प्रभावकारी र तयारी अवस्थामा प्रस्तुत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । पार्टीले संसद्मा आफ्नो भूमिकालाई थप सशक्त र व्यवस्थित बनाउन नियमित रूपमा यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button