हेडलाईनसमाचारप्रदेश

राष्ट्रपति पौडेलद्वारा सरकारका ८ वटै अध्यादेश जारी

प्रहार समाचार । काठमाडौं, २२ वैशाख २०८३ मङ्गलबार। राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको सिफारिसमा सबै ८ वटा अध्यादेश जारी गरेका छन्। यसअघि राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरिसकेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए। तर मन्त्रिपरिषद्ले उक्त अध्यादेश पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेलले आज सो अध्यादेश पनि जारी गरेका हुन्।

यससँगै सरकारद्वारा सिफारिस गरिएका सबै अध्यादेश अब औपचारिक रूपमा कार्यान्वयनमा आएका छन्।बालेन्द्र शाह नेतृत्वको रास्वपाको एकल सरकारद्वारा ल्याइएका ८ वटा अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश तथा सहकारी (पहिलो संशोधन) अध्यादेश रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button