प्रहार समाचार । काठमाडौं, २५ बैशाख २०८३ शुक्रबार । माइतीघर मण्डला मा सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका छन् । सरकारले विभिन्न स्थानका सुकुमवासी बस्तीमा डोजर लगाएर संरचना भत्काएको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले “३ दिन बिदा सुकुम्बासी अलविदा”, “गरिबमाथिको अन्याय बन्द गर”, “हुनुपर्छ चमेली सबैलाई बराबर” “विकासको नाममा विस्थापन बन्दा गर ” लगायतका प्लेकार्ड बोकेका थिए । उनीहरूले सरकारको कदमलाई गरिब तथा विपन्न समुदायमाथिको अन्याय भएको आरोप लगाएका छन् ।प्रदर्शनस्थलमा राखिएको ब्यानरमा “सुकुमवासी, भूमिहीन तथा विपन्न समुदायलाई बिनाविकल्प सडकमा पुर्याउने काम बन्द गर” भन्ने माग उल्लेख गरिएको थियो ।

प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरू सडकमा बसेर नाराबाजी गरेका थिए भने केहीले खाली भाँडा तथा थालसमेत प्रदर्शनका रूपमा बोकेका थिए ।
























