लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीमनोरञ्जन

बडा दशैंको पाँचौँ दिन आज : स्कन्दमाताको आराधना गरिंदै

प्रहार समाचार । तनहुँ, २९ असोज २०८३ बिहीबार । वडादशैंको पाँचौँ दिन आज नवदुर्गामध्ये स्कन्दमाताको पूजाआराधना गरिँदै छ। भगवान् शिव र माता पार्वतीका पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँलाई स्कन्दमाता भनिएको हो। सिंहवाहिनी, कमलधारी र बालक स्कन्दलाई काखमा राखेकी देवीलाई ममता, शान्ति र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ।

पौराणिक कथाअनुसार ब्रह्माजीबाट शिवपुत्रबाहेक अरू कसैबाट मृत्यु नहुने वरदान पाएको तारकासुरले तीनै लोकमा आतंक मच्चाएपछि देवताहरू संकटमा परेका थिए। लोककल्याणका लागि शिव–पार्वतीको पुनर्मिलन भई स्कन्दको जन्म भयो। माताको संरक्षण र मार्गदर्शनमा युद्धकलामा निपुण बनेका स्कन्दले देवसेनाको नेतृत्व गर्दै तारकासुरको वध गरे र तीनै लोकलाई भयमुक्त बनाए।

धार्मिक विश्वासअनुसार स्कन्दमाताको आराधनाले मनोकामना पूरा हुनुका साथै शान्ति, ज्ञान र मोक्ष प्राप्त हुन्छ। सन्तान सुखको कामना गर्ने दम्पतीले पनि उहाँको पूजा गर्ने परम्परा छ। बडादसैँका नौ दिन शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म नवदुर्गाका नौ स्वरूपको पूजा गरिन्छ, जसले शक्ति, आस्था र अधर्ममाथि धर्मको विजयको सन्देश दिन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button