साहित्यप्रदेशमनोरञ्जन

गीतल : तारे भिरमा गाई चराउदै …

तारे भिरमा गाई चराउदै के भनुँ र खै ?
पहिरो आयो भिरै झर्यो के भनुँ र खै ?

सानैदेखि गोठालो भै हुर्किएको म
माउ गाईनै आज मर्यो के भनुँ र खै ?

रमितेछन खर्क भरी हासेका छन् है !
मुखियाले गर्नु गर्यो के भनुँ र खै ?

मरिजाने जिन्दगीमा कति रुने खै ?
भाग्यले नि कर्म हर्यो के भनुँ र खै ?

सबै खुशी सबै दंग भित्री मनमा है !
आफ्नै मुटु कता सर्यो के भनुँ र खै ?

• अधिकारी गीतल प्रतिष्ठान नेपाल एवं नाटक मञ्य तनहुँका अध्यक्ष हुन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button