हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज क्रिसमस डे : क्रिसमस पर्व मनाउँदै क्रिश्चियन धर्मालम्बिहरु

प्रहार समाचार । तनहुँ, १० पुस २०८१ बुधवार । आज क्रिश्चियन धर्मालम्बिहरुले  क्रिसमस डे मनाउँदैछन्। क्रिश्चियन धर्मका  संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो पर्व देश भर मनाईंदै छ ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली मुक्ति, प्रेम र शान्ति दिएको विश्वास छ। यसै  विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउँछन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भ विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । यसै पर्वको अवसरमा सरकारले आज  सबैलाई सार्वजनिक बिदा दिएको छ। 

महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखराको लेकसाईड , चितवनको  सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिने गरेको छ। आज क्रिश्चियन धर्मलम्बिहरुले तनहुँको सदरमुकाम दमौली तथा व्यास १ भादगाउँ माइलीडाँडामा रहेको भवनमा विशेष तामझामका साथ यस पर्व मनाउँदै छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button