• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ , १० पुस २०८१ बुधवार । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर – ७,मा स्थित ईशानेश्वर महादेव क्षेत्र बिकास समितिको १६ औं साधारण भेला तथा पाचौं अधिवेशन हिंजो सम्पन्न भएको छ।

अधिवेशनको मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डेले उद्घाटन गर्दै रहेका धर्मिक छेत्रमा राजनीति गर्न नहुने भन्दै जो सुकै भए पनि आफ्नो क्षेत्रको विकास निर्माणमा लाग्नु पर्ने र आफ्नो ठाउँको पहिचान राख्न सदैब अगाडि बढनु पर्नेमा जोड दिए । नगर प्रमुख पाण्डेले नगरपालिकाले ईशानेश्वर महादेव मन्दिर संरक्षणका लागि विगत देखिनै सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लमजुङ जिल्ला उपाध्यक्ष आनन्द घिमिरे,वडा नम्बर ७,का वडा अध्यक्ष हिराबहादुर गुरुङ, ने.का.सभापति वसन्तराज घिमिरे,एमाले अध्यक्ष सुमन श्रेष्ठ,माओवादी अध्यक्ष लालजङ दुरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अधिवेशनले गुणराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। समितिको बरिस्ठ उपाध्यक्षमा लक्ष्मण बि.क.,महिला उपाध्यक्षमा राज्यलक्ष्मी सोती,दलित उपाध्यक्षमा जित बहादुर बि.क. र जनजाति उपाध्यक्षमा भिम बहादुर भुजेल निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा देबेन्द्र सिंह घिमिरे,महा सचिवमा नबराज घिमिरे र कोषाध्यक्षमा सुर्यनाथ घिमिरे चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः रविचन्द्र घिमिरे,कृष्ण मुरारी घिमिरे,दिपक घिमिरे,सुक ब बि.क.,कृष्ण प्रसाद घिमिरे,पुस्प राज घिमिरे,केशवराज अधिकारी र माधब अधिकारी चयन भएका छन् । त्यस्तै रामचन्द्र सोतीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा शशिराज घिमिरे र हरिकृष्ण घिमिरे चयन भएका स्थानीय शिक्षक मोहन घिमिरेले जानकारी दिए ।
समितिका सभापति रामचन्द्र घिमिरे”शास्त्री” को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खगराज घिमिरेले स्वागत गरेक थिए भने कार्यक्रमको सहजीकरण शङ्कर राज घिमिरेले गरेका थिए ।
























