हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

कजकिस्तानमा जहाज दुर्घटना  : २५ जनाको उद्धार

प्रहार समाचार । कजकिस्तान , १० पुस २०८१ बुधवार । कजकिस्तानमा आज  जहाज दुर्घटना भएको छ।
जहाजमा  ६२ यात्रु र पाँच चालक दलका सदस्यहरू रहेका थिए ।

अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज एक्कासी दुर्घटनामा परेको बिबिसीले जनाएको छ ।  दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ।

जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउमा आपतकालीन अवतरण गर्नु परेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्। रूसी समाचार संस्थाहरूका अनुसार रूसतर्फ उडेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button