प्रहार समाचार । तनहुँ, १० पुस २०८१ बुधवार । तनहुँको बन्दीपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोह मोटरसाइक सहित हिंजो पक्राउ परेका छन्।

पक्रा पर्नेमा चितवन घर भएका पाँच जना रहेका छन् ।बन्दीपुर गाउँपालिका वडा नं २ पौवास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उद्धेश्वर अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर प्लेट नभई चलाइ ल्याएको तीनवटा मोटरसाइकल सहित पक्राउ गरेको हो।
चालकहरूसँग शङ्का लागि सवारी अनुमतिपत्र लगायत अन्य कागजातहरू मागि सोधपुछ गर्ने क्रममा निजहरुले चलाई ल्याएका मोटरसाइकलहरु चोरी गरी प्रयोग गरेको ३ मोटरसाईकलहरु सहित ५ जना लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।
चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं. ५ कल्याणपुर बस्ने वर्ष २१ को विनायक विश्वकर्माले चलाएको, चेसिस नं D2A36FX6MCK83053, इन्जिन नं. JLXCMK55261 (NS 200 CC खरानी रङ) । मोटरसाइकलको पछाडी बस्ने सोहि स्थानका १८ बर्षिय विश्व पुन मगर ,चितवन भरतपुर म.न.पा. वडा नं. ५ कल्याणपुर बस्ने व १९ वर्षीय अनिस श्रेष्ठले चलाएको, चेसिसनं.MD236FY1KCD87507,इन्जिन नं.JLYCKD38368 (NS 200 CC कालो रङ) , चितवन भरतपुर म.न.पा. वडा नं. १५ फुलबारी बस्ने १८ बर्षीय को आयुष बयलकोटी, चेसिस नं.MD2A36FY6KCL80923, इन्जिन नंJLYCKL44816 (NS 200 CC कालो रङ) । पछाडि सवार जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ५ कल्याणपुर बस्ने वर्ष २० को अर्जुन श्रेष्ठ रहेका छन्
























