हेडलाईनसमाचारप्रदेश

नेकपा एमालेको कारबाहीको सिकारमा रावल, पाण्डे र तिम्सिना

प्रहार समाचार । काठमाडौं, १० पुस २०८१ बुधवार । नेकपा एमालेका नेताहरू भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना पार्टीको करबाहीको सिकार बनेका छन् ।
आज  बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्य नै नरहने गरेर पार्टीबाट निष्कासन समेत गरेको छ। पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरिएको पार्टीले जनाएको छ।

व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।

उनीहरूलाई कात्तिक ४ मा स्पष्टीकरण सोधिएको थियो । पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’ बताएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिएका थिएनन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button