
१ , प्रकाश काले
तीस वर्षे जीवन
चौँरीको साथी ।
२, युवाको ताँती
आमा को घुँक्क घुँक्क
युरोप ,खाडी ।
३, धन थुपार्छ
जीवन आज कि भोलि
बिर्षे त सुत्यो।
४, कुखुरो बास्यो
सर्प काँचुली फेर्छ
जीवन कथा ।
५ , हारेको मान्छे
गुरु बनाउ साथी
सिक्न धेरै छ ।
६, आशाको दियो
मीठो बोलीले हान्यो
ओौषधी..बिष?
• तनहुँ ।
























