हेडलाईनसमाचारगण्डकी

लमजुङको सुन्दरबजारमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न कृषि हाटबजार सञ्चालन

• विजय अधिकारी । ( संवाददाता ) ।    लमजुङ । १५ भदौ २०८१ शनिवार ।  लमजुङ जिल्लाको प्रमुख व्यावसायिक केन्द्र सुन्दर बजारमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न र उपभोक्ताको हितका लागि आजबाट कृषि हाट बजार सञ्चालन शुरु  गरिएको छ ।

हाट बजार  सुन्दर बजार वडा नम्बर -७,मा रहेको एभरेष्ट साकोस , वल्ड भिजन , आरसिडिसी लमजुङको विशेष सहयोग र लमजुङ कृषि क्याम्पस , कृषि विकास शाखा सुन्दर बजार , सुन्दर बजार चेम्बर अफ कमर्स र लमजुङ उद्योग वाणिज्य संघ सुन्दर बजार इकाईको समन्वयमा  सुन्दर बजारको वडा नम्बर -७, सिनेमा रोड स्थित एभरेष्ट साकोस सङै हाट बजारको विक्री कक्ष सञ्चालनमा ल्याइएको छ।


हाट बजार व्यवस्थापनका लागि एभरेष्ट साकोसका सस्थापक सचिव तथा सुन्दर बजार चेम्बर अफ कमर्सका अध्यक्ष विस्णुकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ । जसको सदस्यमा पोषराज खनिया , नवराज श्रेष्ठ  रहेका छन भने पदेन सदस्यहरुमा सुन्दर बजार नगरपालिका वडा नम्बर – ७,का वडा अध्यक्ष , सु.न.पा.कृषि शाखा प्रमुख , लमजुङ कृषि क्याम्पसका एक प्राध्यापक , ईलाका प्रहरी कार्यालय सुन्दर बजारका प्रमुख , लमजुङ उद्योग वाणिज्य संघ सुन्दर बजारका अध्यक्ष वा प्रतिनिधि , सुन्दर बजार चेम्बर अफ कमर्सका अध्यक्ष वा प्रतिनिधि सदस्य रहेका छन । यसैगरि गैर सरकारी सस्था बाट १ जना र कृषक प्रतिनिधि २ जना छनौट हुन बाँकी रहेको छ ।



लमजुङको प्रमुख ब्यापारी केन्द्र सुन्दर बजारमा सञ्चालन हुने कृषि हाट बजारले किसानबाट उत्पादित कृषि उपजको स्थानीय उत्पादनलाई ब्यवस्थित,सरल र गुणस्तरीय बनाइ कृषि उत्पादित बस्तुलाइ विना बिचौलियाहरुको चलखेल बन्द गरि सिधै उपभोक्तालाई विक्री वितरण गरिने सुन्दर  बजार नगरपालिका वडा नम्बर -७,का वडा अध्यक्ष जयराम रेग्मीले जानकारी दिए ।
  उनले भने – ‘किसान बाट उत्पादन गरिएको कृषि वस्तुले उचित समयमा उचित मुल्य पाउने र किसानको जिवनस्तर वृद्धि भइ आर्थिक अवस्थामा सुधार हुने हुँदा वडाले प्राथमिकतामा राखी सहयोग उपलब्ध गराउने  छ’ ।

    

स्थानीय कृषि उपजको उचित बजारीकरण , उचित मुल्य पाउने बाताबरण सिर्जना गर्न , प्राङ्गारिक कृषि उत्पादनमा जोड दिने मुख्य उदेश्य राखी हाट बजार सञ्चालनको लागि विशेष पहल गरेको एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए ।
  उनले भने –  ‘कृषि ब्यवसायीलाई सरल र गुणस्तरीय बनाइ उत्पादित वस्तुलाई विना बिचौलिया सिधा उपभोक्तालाई विक्री वितरण गरि कृषि ब्यवसायलाइ प्रवर्द्धनमा थप टेवा पुर्याउन एभरेष्ट साकोसले हाट बजार सञ्चालनका लागि सहयोग गरेको  हो ‘ ।


त्यसैगरी लमजुङ उद्योग वाणिज्य संघ सुन्दर बजार इकाईका अध्यक्ष आनन्दराज श्रेष्ठ भन्छन् –  ‘यस सुन्दर बजार क्षेत्रको कृषि हाट बजारले केही हदसम्म अर्थतन्त्र चलायमान हुने र उपभोक्ताले स्वच्छ र शुद्ध कृषि उपज उपभोग गर्न पाउने विस्वास हामीले लिएका छौँ ‘।


त्यस्तै सुन्दर बजारमा सञ्चालन गरिएको कृषि हाट बजारको माध्यम बाट स्थानीय स्तरमा कृषि उत्पादनमा वृद्धि गरि कृषि उपज संकलन केन्द्र , कृषि शीत भण्डार , कृषि हाट बजार र कृषि उद्योगको स्थापनार्थ आधार शिला खडा गर्ने उदेश्यले हाट बजार स्थापना गरिएको हाट बजार ब्यवस्थापन समितिका अध्यक्ष विस्णुकुमार श्रेष्ठले  प्रहार समाचारलाई जानकारी दिए । हाट बजार प्रत्येक हप्ताको शनिबार चल्ने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button