• विजय अधिकारी । ( संवाददाता ) । लमजुङ जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा पुनः कृष्णप्रसाद अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । हिंजो सम्पन्न जिल्ला बार एशोसिएशन लमजुङको १४ औं जिल्ला अधिवेशनले अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा माधव बसौला, सचिवमा अग्निविलास अधिकारी , कोषाध्यक्षमा हरि रानाभाट चयन भएका छन ।त्यसैगरी सदस्यहरुमा क्रमशः दिलिपराज पौडेल , वासुदेव न्यौपाने ,विस्णुराज घिमिरे र रामबहादुर खत्री चयन भएका छन ।
जिल्ला बार एशोसिएशनको १४ औं अधिवेशनको जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले उद्घाटन गरेका थिए । जिल्ला अध्यक्ष अधिवक्ता बुद्धिसागर बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्रेस्तेदार भेषराज पौडेल तथा जिल्ला न्यायाधीवक्ता पुर्णबहादुर थापा लगायतको आथित्यता रहेको थियो ।
२०४८ सालमा स्थापना भएको जिल्ला अदालत बार एशोसिएशन लमजुङमा २०८१ भदौ १५ गते शनिबार सम्म बारको अध्यक्ष हुनेहरुमा क्रमशः सुरेन्द्र बोहरा , युगेश्वर रेग्मी , गुमानसिंह अर्याल , यज्ञ पौडेल , कृष्णप्रसाद अधिकारी , बुद्धिसागर बराल र पुनः कृष्णप्रसाद अधिकारी रहनु भएको अध्यक्ष अधिवक्ता यज्ञ पौडेलले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारी गण्डकी प्रदेशको न्यायाधीवक्ता समेत भइसकेका छन्।
























