हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

साउदी अरेबियाको रियादमा तेस्रो ग्लोबल एआई शिखर सम्मेलन हुने

प्रहार समाचार । १५ भदौ २०८१ शनिवार ।रियाद ।  साउदी अरेबियाको रियादमा तेस्रो ग्लोबल एआई शिखर सम्मेलन हुने भएको छ।

साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजना हुन लागेको उक्त सम्मेलन आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३ सय  बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने जनाइएको  छ । 

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ । यसका साथै सम्मेलनमा सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रुपमा संचालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button