प्रहार समाचार । तनहुँ १५ भदौ २०८१ शनिवार। तनहुँको व्यास नगरपालिका वडा नं २, दमौली निवासी गीत तथा गजलकार अर्जुन अधिकारी ‘सागर उदास’ सम्मानित भएका छन्।
उदासलाई आदिकवि भानुभक्त क्याम्पसले १७औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरेको हो।

क्याम्पसको पुस्तकालय सल्लाहकार समितिले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेले लेखक सागर उदासलाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका हुन्।
क्याम्पस पुस्तकालय सल्लाहकार समितिका संयोजक लक्ष्मीभक्त खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठ मिश्र, गण्डकी वाङमयका अध्यक्ष गौकुमारी न्यौपाने , नेपाली लेखक संघ तनहुँका अध्यक्ष एवं प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की, गण्डकी वाङ्मय प्रतिष्ठानका महासचिव एवं पत्रकार अमरराज नहर्की,सञ्चालक समितिका सदस्य मोहन गिरी, आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समिति संयोजक ऋषिराम ढुङ्गाना, क्याम्पसका सहायक प्रधानाध्यापक सागर पौडेल, उक्त विद्यालयका प्रधानाध्यापक दिलिप पोखरेल, कोअर्डिनेटर चिरञ्जीवी बस्नेत, सहायक प्रधानाध्यापक तीर्थ रानाभाट, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष गौरव पन्थ लगायतको उपस्थिति रहेको थियो।

त्यस अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हडखलेले स्वागत तथा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहायक प्राध्यापक विष्णु घिमिरेले लेखक सागर लिखित गिती संङ्ग्रहको समीक्षा गरेका थिए भने गण्डकी वाङ्मयका अध्यक्ष न्यौपानेले लेखक सागर उदासको व्यक्तित्वको परिचय गराएकी थिइन्।

























