हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसमा    एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ १५ भदौ २०८१ शनिवार । तनहुँको व्यास नगरपालिका वडा नं १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा   ‘स्नातक तहमा व्यवस्थापन विषयको अध्ययन र अवसर’ विषयक विद्यार्थी अभिमुखीकरण कार्यक्रम  आज सम्पन्न भएको छ।

त्यस अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहको कार्यक्रमहरूको अध्ययनको क्षेत्र र सो अध्ययन उत्तीर्ण गरेपछि विद्यार्थीहरूले प्राप्त गर्ने अवसरहरूको बारेमा स्नातक तहमा भर्ना भई अध्ययन गर्न चाहने  नवआगन्तुक विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।   बिबीए कार्यक्रमका निर्देशक दीपा थापाले स्नातक तहमा बिबीए कार्यक्रमको अध्ययन  र त्यसबाट प्राप्त हुने रोजगारीका अवसरहरुको बारेमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

उक्त अवसरमा हालै कक्षा १२ उत्तीर्ण गरी स्नातक तहमा व्यवस्थापनतर्फको विषयको अध्ययनको खोजीमा रहेका ४८ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूलाई स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष गौरव पन्थले क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरूले प्राप्त गर्ने सहायता, क्याम्पसले प्रदान गर्दै आएको सुविधा र स्नातक तहको अध्ययनका चुनौती का अवसरका बारेमा चर्चा गरेका थिए ।

आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन  संकाय अन्तर्गत स्नातक तहमा बिबिए र बिबिएस तथा  स्नातकोत्तर तहमा एमबिएसको अध्ययन अध्यापन हरू सञ्चालन हुँदै आइरहेको छ। क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन विषयमा ९ सय ६२ जना विद्यार्थीहरू अध्ययन गर्दै आइरहेका क्याम्पसले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button