प्रहार समाचार । काठमाडौं १५ भदौ २०८१ शनिवार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ ।
नयाँ मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ३५ (प्रतिकिलोलिटर) घटेको निगमका प्रवक्ता द्वारा आज जारी प्रेस विज्ञातिमा उल्लेख गरिएको छ । यस्तो छ प्रेस विज्ञप्ति :

























