प्रहार समाचार । काठमाडौं १६ भदौ २०८१ आइवार । नेपाल आयल निगमले आजबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ ।

नयाँ मूल्य हिंजो राति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ३५ (प्रतिकिलोलिटर) घटेको निगमका प्रवक्ता द्वारा हिंजो जारी प्रेस विज्ञातिमा उल्लेख गरिएको छ ।
यस्तो छ निगमको प्रेस विज्ञप्ति :

























