प्रहार समाचार । काठमाडौं १५ भदौ २०८१ शनिवार । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छन्।

शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट पलेशाले कांस्य पदक जितेकी हुन् । खेल पेरिसस्थित ग्रान्ड प्यालेसमा भएको थियो ।
पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेर नेपालको नाम राख्न सफल भएकी हुन् ।
























