साहित्यप्रदेश

कविता : यात्रा झिसमिसे  उज्यालोमा  सुरु  भाे

यात्रा झिसमिसे  उज्यालोमा  सुरु  भाे
घाम राम्ररी  नउँदाउन्जेलसम्म
परसम्म  देख्न  सकिने  नहुन्जेलसम्म
मलाई  टाढा  पुग्नुपर्ने  थियोे
घाम  चर्किँदै थ्याे , र म हिँड्दै  थिएँ
चुपचाप , लगातार , निरन्तर
बाटो  छेउमा  पिपल  चाैतारी  देखियो
सुस्ताउने  मन थ्याे , तर राेकिइनँ
चर्काे  घाममा  तिर्खा  पनि लागेको  थियोे
अलि  पर  कुवा  देखिएको  पनि  थियोे
पानी  पिउने  फुर्सद  थिएन , राेकिइनँ
फूलबारीमा  एकछिन  रम्न मन  थियो
तर  मलाई  टाढा  पुग्नु  थियो
थाहा  नपाएको  एउटा  लक्ष्य  भेट्नु  थियोे
झरी  पर्दै थ्याे  र म हिँड्दै  थिएँ
हुरी  चल्दै थ्याे  ,र म हिँड्दै  थिएँ
चुपचाप  , लगातार , निरन्तर ।।

यात्रामा  केही  दाेबाटाहरु  भेटिए
दायाँ वा बायाँ  जान  सकिन्थ्यो , गइएन
केही  साथीहरू  पनि भेटिए
थाेरै  समय  सँगै  पनि  हिँडे
केहीलाई  हतार  थियोे , मलाई  छाेडे
केही  भन्दा  मलाई  हतार  थियो , मैले  छाेडेँ ।।

अहिले  झमक्क  साँझ परेको  छ
देख्छु  सबै  आइपुगेका  छन्
मैले  छाेडेका  पनि , मलाई  छाेडेका  पनि
केही  छुट्ला  कि  भनेर  हतारिएका
दायाँ वा बायाँ  बाटो  समातेका
सबै  आइपुगेकाछन्
साेच्छु , आखिर  आइपुगिने  नै  रहेछ
के  बिग्रन्थ्याे ,
पिपल  चाैतारीकाे  शितलमा  एकछिन  सुस्ताएकाे  भए
कुवाकाे  चिसो  पानी  आरामले  पिएको  भए
साँच्चै  के बिग्रन्थ्याे ,
झरीमा  म ओत  लागेको  भए
हुरीमा  म थामिएको  भए
हाे, यात्राकाे  याे  चरणमा  आइपुग्दा
अब  मसगँ केही  छैन ,
अलि  अलि  विस्मत्  मात्रै  छ
अलि  अलि  पछुतो  मात्रै  छ । । समाप्त


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button