हेडलाईनसमाचारबागमती

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

प्रहार समाचार । काठमाडौँ, १ जेठ २०८३ शुक्रबार । नेपाली कांग्रेसले पार्टीको आर्थिक व्यवस्थापनको जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पिएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य उमेश श्रेष्ठलाई कांग्रेसको कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

यससँगै कांग्रेसभित्र आर्थिक अनुशासन, स्रोत व्यवस्थापन र संगठनात्मक खर्च सञ्चालनमा नयाँ अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको हो । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल द्वारा जारी विज्ञप्तिमा सभापतिले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरिएको उल्लेख छ ।पार्टीभित्र लामो समयदेखि संगठनात्मक गतिविधिमा सक्रिय रहेका श्रेष्ठ यसअघि कांग्रेसको केन्द्रीय सदस्यका रूपमा कार्यरत थिए ।

अब उनले पार्टीको आय–व्यय व्यवस्थापन, आर्थिक पारदर्शिता तथा चुनावी तयारीसँग जोडिएका वित्तीय पक्ष सम्हाल्नेछन् । कांग्रेसभित्र पछिल्लो समय आर्थिक संरचना सुदृढ गर्ने बहस चलिरहेका बेला श्रेष्ठको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।सभापति थापाले पछिल्ला दिनमा पार्टीभित्र कार्यशैलीमा परिवर्तन र जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिइरहेका छन् । त्यसैको निरन्तरताका रूपमा श्रेष्ठलाई कोषाध्यक्ष बनाइएको कांग्रेस वृत्तमा चर्चा छ । आगामी राजनीतिक गतिविधि र संगठन विस्तारलाई लक्षित गर्दै पार्टीले आर्थिक पक्षलाई व्यवस्थित बनाउन खोजेको संकेत पनि यो निर्णयले दिएको विश्लेषण गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button