प्रहार समाचार । तनहुँ, चैत २७ । तनहुँको व्यासनगर पालिका वडा नं २दमौलीमा रहेको सत्यवती माध्यामिक विद्यालयले व्यास नगरपालिकामा कार्यरत विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई अक्षर राम्रो लेखन तालिम प्रदान गरेको छ ।

तालिमको व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा विद्यालयका संरक्षक काशीराम श्रेष्ठले उद्घाटन गर्दै शिक्षक स्वएम्ले राम्रो अक्षर लेख्न सिपालु बन्न सके विद्यार्थीलाई पनि राम्रो अक्षर लेख्न प्रेरणा जाग्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले सिकेको ज्ञान, सिप र क्षमता शिक्षकहरुले इमान्दारिताकासाथ कक्षाकोठामा प्रयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देलले , सहायक प्रअ अनिल श्रेष्ठले लगायतले आआफ्नो धारणा राखेको प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिईन ।
तालिमको प्रायोजन ग्रिन बुक्स पब्लिकेशनले गरेका थियो भने वामदेव योगीले प्रशिक्षण प्रदान गरिएको सो एक दिने तालियमा अंग्रेजी र नेपाली दुवै विषयमा कसरी राम्रो लेख्ने भन्ने बारेमा जानकारी दिईएको थियो । तालिममा सत्यवती मावि सहित जिल्लाका २७ विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।
























