साहित्यप्रदेशमनोरञ्जन

प्रहार साहित्य : केहि मुक्तकहरु

१,
चोरि डकैति गर्नेले,  भागबन्डा पाउँछ
झोले, मुन्द्रे  फट्टिकेले, झण्डा पाउँछ,
निति निर्माण तहमा, त्यस्तै भएपछि
कुलमानजस्ता कर्मवीरले, डण्डा पाउँछ ।

२,
खोजौँ अब टुकी, ढिब्री र लाल्टिन कहाँ छन्
सलाई मम्बत्ती, मट्टितेलका जर्किन कहाँ छन्,
निभाएरै छाडे बत्ती, झल्मलाउन दिएनन्
नेपालीका भाग्यमा, उज्याला दिन कहाँ छन् ?

३,
फैलिंदैछन् यहाँ, कोही हराइरहेछन्
मौन बसेकाछन्,  कोही कराइरहेछन्,
चलेको छ यहि रफ्तार, यस दुनियाँमा
रुँदैछन् कोहि,  कोहि मुस्कुराइरहेछन् ।

४,
छलाङ् मार्ने आँट हुन्छ, छहरामा पनि
सहन गर्ने शक्ति हुन्छ, पहरामा पनि,
दृढता हो धैर्यता हो, मान्छेमा हनुपर्ने
जीवन जिउने जोस हुन्छ, लहरामा पनि ।

• तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button